श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मिनभवन काठमाण्डौलाई ध्यानाकर्षण

श्रम तथा रोजगार कार्यालय टेकु, काठमाडौंले रोजगारदाताबाट पिडित भएका श्रमिकहरुले न्यायको निम्ती कार्यालयमा निवेदन गर्न जाँदा निवेदन लिन वा दर्ता गर्न नमान्ने, निवेदन लिएर गएका श्रमिकहरुलाई हप्काउने, कार्यालयले निर्णय गर्नु पर्ने श्रम बिबादहरु लामो समयसम्म निर्णय नगर्ने, गरेको निर्णयहरु कार्यान्वयन गर्न ढिलासुस्ती गर्ने जस्ता गुनासोहरु आए पश्चात् कार्यालयमा भएका तथा हुने गरेका कार्यहरु त्यस्ता कार्यहरु सुधार गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मिन भवन काठमाण्डौलाई एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आबद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन, नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन र नेपाल एकीकृत होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनले ध्यानाकर्षण गराएको छ ।


एकीकृत ट्रेड युनियन महासंघ, नेपाल केन्द्रीय कमिटीमा उपमहासचिब तथा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीका अध्यक्ष प्रेम बहादुर कार्की, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनका ईन्चार्ज तथा महासंघका उपमहासचिब कुण्डल बहादुर खड्का, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनका केन्द्रीय कमिटीका अध्यक्ष तथा महासंघका सचिब दिनेश घिमिरे, नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीका महासचिब तथा महासंघका सचिब वेद प्रसाद हुमागाई, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनका उपाध्यक्ष हेम बहादुर पण्डित, नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनका नेताहरु लगायत र श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागका महानिर्देशक अर्जुन प्रसाद भट्टराई, उपमहानिर्देशक विपिन राजभण्डारी, प्रबिधिक निर्देशक मणिनाथ गोप, लगायतको उपस्थितीमा हाल श्रमिकहरुले भोग्नु परेका बिभिन्न समस्याहरु र त्यसको समाधानको बिषयमा समेत छलफल भयो ।


श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागका महानिर्देशक अर्जुन प्रसाद भट्टराईले बिभाग र देश भरका कार्यालयहरुमा कही कतै समस्याहरु भएको भए तत्काल सुधार गर्ने, आगामी दिनमा श्रमिकहरुले अनावश्यक दुख पाउनु नपर्ने र ढिलासुस्ती हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *