११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस बिशेष कार्यक्रम

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) राष्ट्रिय महिला कमिटीको आयोजनामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बनभोज कार्यक्रम सम्पन्न भयो । ललितपुरको गोदावरीमा सम्पन्न भएको उक्त बनभोज कार्यक्रममा काठमाण्डौ उपत्यकाका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुबाट उल्लेख्य संख्यामा महिला श्रमिकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) अध्यक्ष क. बिष्णु लम्साल, महासंघका सल्लाहकार तथा राष्ट्रिय सभाका सदस्य माननीय गोमा तिमिल्सिना र महासंघका नेताहरुको उपस्थिती रहेको थियो ।


बनभोज कार्यक्रमको औपचारिक सेसन एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का उपाध्यक्ष तथा राष्ट्रिय महिला कमिटीका अध्यक्ष क. सुनिता थापाको अध्यक्षतामा भएको थियो । उक्त सेसनमा (ICTU) का अध्यक्ष क. बिष्णु लम्सालले महिला अधिकार र ट्रेड युनियन आन्दोलनमा महिला नेतृत्वको बिकास गर्न महिला पुरुष दुवैले समान भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । त्यसैगरी (ICTU) का सल्लाहकार तथा राष्ट्रिय सभाका सदस्य माननीय गोमा तिमिल्सिनाले अन्तराष्ट्रिय महिला दिवासको ईतिहासको बारेमा ब्याख्या गर्नु भएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *