एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU)

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) आम श्रमिकहरुको हक, हित र अधिकार प्राप्त गर्न र प्राप्त भएका उपलब्धीहरुको संरक्षण गर्न आम श्रमिकहरुको सक्रिय सहभागिता, सहयोग र समर्थनमा गठन भएको ट्रेड युनियन महासंघ हो । बिभिन्न बिषयगत १४ राष्ट्रियस्तरको ट्रेड युनियन संघहरुका साथ गठन भएको यस ट्रेड युनियन महासंघले मिति २०७८ मंसिर २९ गते श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागबाट दर्ताको प्रमाण पत्र प्राप्त गरेको थियो । हाल १८ वटा राष्ट्रियस्तरको ट्रेड युनियन संघहरु यस महासंघमा आबद्ध छन् । सात वटै प्रदेशहरुमा प्रदेश कमिटि सक्रियताका साथ क्रियाशिल छन् । नेपालको ट्रेड युनियन ऐन २०४९ बमोजिम दर्ता भई प्रमाण पत्र प्राप्त भएको यस छोटो अबधीमा २,६०,१५२ जनाले यस महासंघकको सदस्यता लिई सकेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *