चन्द्रागिरी हिल्स लि. थानकोट काठमाण्डौमा मिति २०८२ बैशाख ३१ गते सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्बाचनमा नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन बिजयी भएको छ ।

जम्मा मतदाता १४० रहेको मा १३६ मत खसेको थियो । जस मध्य ७३ मत नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले प्राप्त गर्यो । नेपाल पर्यटन तथा होटल सम्वध्द श्रमिक संघले ३३ मत र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले ३० मत प्राप्त गर्यो ।
