एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बिशेष कार्यक्रमहरुको आयोजना गरी १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ । कार्यक्रममा नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले मजदुर दिवसको अबसरमा मजदुरहरुलाई शुभ कामना मन्तब्य राख्नु हुदै मजदुरको हक अधिकार प्राप्तीको लागि नेकपा एकीकृत समाजवादी संघर्षरत रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा उपस्थित हुनु भएका IOL का प्रतिनिधीले ILO को तर्फबाट नेपाली मजदुरहरुलाई शुभकामनाका साथै आफ्नाको अधिकार प्राप्तीको लागि मजदुरहरु एक भएर अगाढी बढनु पर्ने बताउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष बिष्णु लम्सालले नेपालको श्रम ऐन २०७४ को दफा १४५ खारेज तथा दफा १० संशोधन गरी नियमित सञ्चालन हुने प्रतिष्ठानमा कर्मचारी नियुक्ती गर्दा नियमित रोजगारीमा गर्नु पर्ने बनाउनु पर्ने साथै मर्यादित काम र जीवन धान्न पुग्ने ज्याला पाउनु पर्ने र त्यसको लागि सम्पुर्ण आम मजदुरहरु एकताबद्ध भई एकीकृत ट्रेड युनियन महासंघको आन्दोलनमा सहभागी हुनु पर्ने बताउनु भयो ।
एकीकृत ट्रेड युनियन महासंघ, नेपालले सात वटै प्रदेश तथा बिभिन्न शहरहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको छ ।
