न्युनतम पारिश्रमिक बजेटमा समावेस गर्न नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको माग

यस बर्ष २०८२ श्रावणदेखी बृद्धि हुने न्युनतम पारिश्रमिक आगामी आ.ब. २०८२/०८३ को बजेटमा समावेस गर्न नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले माग राखेको छ । बजेट पहिल्यै बन्ने र न्युनतम पारिश्रमिक पछि निर्धारण हुदाँ सरकारी कार्यालयहरुमा श्रमिक आपुर्तिकर्ता मार्फत सुरक्षा कार्यमा खटिने सुरक्षा श्रमिकले न्यूनतम पारिश्रमिक पाउन नसकेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले मिति २०८२ जेष्ठ १ गते रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी बताउनु भयो ।

उक्त सम्मेलनमा एकीकृत ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष बिष्णु लम्सालले सरकारले श्रमिकहरुलाई उपेक्षा गर्ने गरेको, हाल श्रमिकहरुले पाउने गरेको पारिश्रमिकले श्रमिकको सामान्य जीवन धान्न समेत नपुग्ने भएको, सरकारले “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने नारा लगाउने तर सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा खान समेत नपुग्ने पारिश्रमिक निर्धारण गर्ने गरेको, खान समेत नपाए पछि नेपाली सुखी हुन्छ ? नेपाल समृद्ध हुन्छ ? भन्दै यसको जवाफ सरकारले दिनु पर्छ भन्नु भएको थियो ।


उक्त पत्रकार सम्मेलनमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको केन्द्रीय नेता तथा आम श्रमिकहरुको बाक्लो उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *